शिवम् सिमेन्ट्सले २.५% बोनस र १०% नगद लाभांश घोषणा, मंसिर २५ गते साधारण सभा
Author
NEPSE TRADING

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर तथा बोनसको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोही बैठकले कम्पनीको साधारण सभा मंसिर २५ गते, बिहान १०:३० बजे बोलाउने निर्णय पनि गरेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका शेयरधनी साधारण सभामा सहभागी हुन र कम्पनीले घोषणा गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
शिवम् सिमेन्ट्सले गत वर्षको कारोबार र नाफाको आधारमा लाभांश वितरण गर्दै आगामी वर्षका योजनालाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।



