·

श्रीनगर एग्रीटेक (SAIL) नेप्सेमा सूचीकृत, आइतबारदेखि ट्रेड सुरु

Author

NEPSE TRADING

श्रीनगर एग्रीटेक (SAIL) नेप्सेमा सूचीकृत, आइतबारदेखि ट्रेड सुरु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को शेयर औपचारिक रूपमा सूचीकृत गरिएको छ। नेप्सेले आज कम्पनीका कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर सूचीकृत गरेको छ।

उक्त सेयरमध्ये ३२ लाख ६२ हजार ५०० कित्ता सर्वसाधारणलाई जारी गरिएको हो भने १ करोड ३० लाख ५० हजार संस्थापक सेयर समावेश गरिएको छ।

कम्पनीको सेयर आगामी आइतबार स्पेशल प्रि-ओपन सेसनमा मूल्य निर्धारण भएपछि नियमित बजारमा कारोबार सुरु हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले रु १००.५९ देखि रु ३०१.७७ सम्मको ओपनिङ रेञ्ज तोकेको छ।

नेप्सेले श्रीनगर एग्रीटेकलाई SAIL स्टक टिकर प्रदान गरेको छ।

Related News