·

सुम्निमा हाइड्रोपावरको आईपीओ प्रस्ताव पारित गर्न माघ ९ गते साधारण सभा

Author

Nepse trading

सुम्निमा हाइड्रोपावरको आईपीओ प्रस्ताव पारित गर्न माघ ९ गते साधारण सभा

सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ। यसका लागि कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित आफ्नो १० औं वार्षिक साधारण सभा आह्वान गरेको हो।

कम्पनीको साधारण सभा माघ ९ गते (शुक्रबार) काठमाडौँस्थित क्रिस्टल ब्याङ्क्वेट मा हुने छ। सभाले आईपीओ निष्काशनसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै, सोही अनुरूप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

त्यसैगरी, नियमनकारी निकायहरूको निर्देशनअनुसार आवश्यक संशोधन तथा प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ। आईपीओ निष्काशनको तयारीसँगै सुम्निमा हाइड्रोपावर पूँजी बजारमा प्रवेश गर्ने प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउँदै छ।

Related News