विकास हाईड्रोपावर लिमिटेडले ल्याउँदै ४४ लाखभन्दा बढी कित्ता आईपीओ
Author
Nepse trading

विकास हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६ कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरिसकेको छ। बोर्डले फागुन १५ गते आईपीओ निष्कासनको स्वीकृति दिएको हो। कम्पनीले रु १०० अंकित मूल्यमा शेयर सार्वजनिक गर्ने तयारी गरेको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ। अब कम्पनीले निष्कासन मिति, आवेदन प्रक्रिया तथा अन्य विवरण चाँडै सार्वजनिक गर्नेछ। यस आईपीओमार्फत विकास हाईड्रोपावरले आफ्नो जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन तथा आगामी योजना कार्यान्वयनका लागि पूँजी जुटाउने लक्ष्य राखेको छ।