·

१२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

Author

NEPSE TRADING

१२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

सरकारले १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले असोज ८ गतेको निर्णय अनुसार जारी गरेको सूचनामार्फत यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो।

कार्यालयले जनाएको अनुसार, कालोसूचीमा परेका कम्पनीहरूले अबदेखि सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

अधिकांश कम्पनीहरूलाई १ वर्षभन्दा बढी अवधिका लागि कालोसूचीमा राखिएको कार्यालयको भनाइ छ।

Related News