·
हिम स्टार उर्जा कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत
Author
NEPSE TRADING

हिम स्टार उर्जा कम्पनी लिमिटेडको कुल ३७ लाख ३० हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
यसअन्तर्गत कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीको २६ लाख ११ हजार कित्ता शेयर नेप्सेमा सूचीकरण गरिएको हो।
सूचीकृत शेयरको कारोबार आगामी आइतबार, भदौ १५ गतेदेखि शुरु हुने नेप्सेले जनाएको छ। कारोबारको पहिलो दिन प्रतिकित्ता रू. ९९.१७ देखि रू. २९७.५१ सम्मको मूल्य दायरा (ओपनिङ रेञ्ज) तोकिएको छ।