·

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी नरबहादुर गुरुङका ५० हजार संस्थापक सेयर बिक्रीमा

Author

NEPSE TRADING

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी नरबहादुर गुरुङका ५० हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक शेयरधनी नरबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेका ५०,००० कित्ता संस्थापक सेयर बिक्री गर्न इच्छा व्यक्त गरेपछि बैंकले त्यसबारे आधिकारिक सूचना प्रकाशित गरेको छ।

बैंकले २०८२ मंसिर २ गते कारोबार हुने राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै सो सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं. १०/२०८१ को बुँदा १५(ख) अनुसार संस्थापक सेयर बिक्रीमा पहिलो प्राथमिकता हाल कायम संस्थापक शेयरधनीकलाई दिनुपर्ने व्यवस्था छ।

बैंकले इच्छुक संस्थापक शेयरधनीलाई कागजातसहित काठमाडौँ, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा लेखी निवेदन दिनुहुन अनुरोध गरेको छ। आवेदनमा आफूले कति कित्ता सेयर खरिद गर्न चाहन्छ भन्ने विवरण उल्लेख गर्नुपर्नेछ।

यदि तोकिएको ३५ दिने समयसीमाभित्र कुनै संस्थापक शेयरधनीले आवेदन नदिएमा, बैंकले प्रचलित कानून तथा निर्देशनअनुसार सो सेयर अन्य इच्छुक व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

थप जानकारीको लागि सांग्रिला डेभलपमेन्ट बैंकको शेयर विभागमा सम्पर्क राख्न सूचनामा उल्लेख गरिएको छ।

Related News