·

आज नेप्सेमा सूचीकृत ६ कम्पनीको वार्षिक साधारण सभा (एजिएम) सम्पन्न हुँदै

Author

NEPSE TRADING

आज नेप्सेमा सूचीकृत ६ कम्पनीको वार्षिक साधारण सभा (एजिएम) सम्पन्न हुँदै

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा सूचीकृत छ वटा कम्पनीले वार्षिक साधारणसभा (AGM) आह्वान गरेका छन्। यी कम्पनीहरूले आ–आफ्नो साधारणसभामार्फत आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण पारित गर्नुका साथै लाभांश वितरण, सञ्चालक नियुक्ति, लेखापरीक्षक चयन तथा अन्य महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गर्ने तयारी गरेका हुन्।
झापा इनर्जी लिमिटेड ले सातौँ साधारणसभामा वित्तीय विवरण पारित, लेखापरीक्षक नियुक्ति, सञ्चालक निर्वाचन तथा संगठन संरचनामा प्रमुख सल्लाहकार समावेश गर्ने प्रस्ताव राखेको छ। सिड इनर्जी लिमिटेड को चौथो साधारणसभामा ३.१५७९ प्रतिशत नगद लाभांश वितरण, वित्तीय विवरण स्वीकृति तथा आईपीओ सेयर जारीसम्बन्धी प्रस्तावहरू पारित हुनेछन्।
त्यसैगरी, नेपाल एसबीआई बैंक लिमिटेड को ३२औँ साधारणसभामा ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणसहित मर्जर तथा अधिग्रहण, सञ्चालक निर्वाचन र प्रबन्धपत्र संशोधनका प्रस्तावहरू पेश हुनेछन्। निभिक्स फर्मास्युटिकल्स लिमिटेड ले आठौँ साधारणसभामा आईपीओ निष्कासन, स्वतन्त्र सञ्चालक नियुक्ति र नियमावली संशोधनसम्बन्धी प्रस्ताव पारित गर्ने जनाएको छ।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को नवौँ साधारणसभामा २० प्रतिशत नगद लाभांश वितरण तथा वित्तीय विवरण स्वीकृत गरिनेछ। रुबी भ्याली हाइड्रोपावर लिमिटेड ले पनि नवौँ साधारणसभामार्फत वित्तीय विवरण, आगामी कार्ययोजना तथा सञ्चालक समिति पुनः गठनसम्बन्धी प्रस्तावहरू पारित गर्ने एजेन्डा तय गरेको छ।

Related News