(ALICL) एशियन लाइफ इन्स्योरेन्सले ४२% हकप्रद सेयरको बुक क्लोज मिति तोकेको छ
Author
NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले आफ्नो ४२% हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ। कम्पनीले २०७८ साल जेठ १६ गतेलाई बुक क्लोज मिति तोकेको हो। यसअनुसार जेठ १४ गतेभित्र सेयर कायम गरेका सेयरधनीहरूलाई हकप्रद सेयर आवेदनको अधिकार हुनेछ।
कम्पनीले १:०.४२ को अनुपातमा हाल कायम सेयरधनीहरूलाई १४,२७९,३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य रु. १ अर्ब ४२ करोड हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ४२ करोड रहेको छ। हकप्रद सेयरको समायोजनपछि कम्पनीको चुक्ता पुँजी रु. ३ अर्ब ४१ करोड पुग्नेछ।
कम्पनीको हकप्रद सेयर निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।