·

(ALICL) एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

Author

NEPSE TRADING

(ALICL) एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हाल कायम चुक्तापुँजीको अनुपातमा १ः०.४२ अर्थात् ४२ प्रतिशत हकप्रद शेयर निष्कासनको स्वीकृति पाइसकेको छ ।

यसअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद शेयरका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन दिन साउन १३ गते बैंकिङ समयसम्म मात्र समय दिइनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ भने हकप्रद बिक्रीपछि पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ ।

यस हकप्रद निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटललाई दिइएको छ ।

Related News