·

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय भदौ ३ गतेसम्म लम्बियो

Author

NEPSE TRADING

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय भदौ ३ गतेसम्म लम्बियो

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १:१ अनुपातमा बिक्री खुला गरिएको हकप्रद सेयरमा आवेदन दिने म्याद लम्बिएको छ। कम्पनीले असार ३१ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा अब लगानीकर्ताहरूले भदौ ३ गतेसम्म आवेदन दिन सक्ने भएका छन्।

कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको हो। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ कित्ता बराबर नयाँ १ कित्ता (१००%) को अनुपातमा हकप्रद सेयर निष्काशन गरिएको हो।

हकप्रद सेयर बाँडफाँट भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

यस हकप्रद सेयर निष्काशनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन पाउने छन्।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङसँगै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Related News