सिटी होटलको ८०% हकप्रद शेयर आवेदन अवधि असोज २६ सम्म थप
Author
NEPSE TRADING

सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि बिक्रीमा राखेको ८०% हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। प्रारम्भिक रूपमा असोज १२ गते बन्द हुने समय तोकिए पनि, नयाँ सूचना अनुसार अब आवेदन अवधि असोज २६ गतेसम्म कायम हुनेछ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँमा आधारित रही १:०.८० अनुपातमा १ करोड ३१ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ। यसमार्फत १ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन हुनेछ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।
सिडिएससीको विवरण अनुसार हालसम्म ४६ हजार ७५४ आवेदकले १० लाख १९७ कित्ता (१० करोड रुपैयाँ बराबर) हकप्रद शेयरका लागि आवेदन दिएका छन्।
यस हकप्रद निष्काशनको इश्यू म्यानेजर प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यसअघि साउन २७ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार सो मितिभन्दा अघि शेयरधनी रहेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन्।