दोस्रो बजारमा दोर्दी खोला जलविद्युत कम्पनीको संस्थापक सेयर कारोबार खुला
Author
NEPSE TRADING

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयर आज आइतबार (असार ८ गते)देखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । कम्पनीको तीन वर्षे लकइन अवधि हिजो शनिबार (असार ७ गते) समाप्त भएपछि नेप्सेमा सेयर किनबेचको अनुमति खुलेको हो ।
कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लकइन अवधि सकिएको छ । यसमध्ये ७५ लाख ९० हजार ६७५ कित्ता सेयर संस्थापक समूहका, ७ लाख ५६ हजार ४२० कित्ता आयोजना प्रभावित स्थानीयका, र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारी स्वामित्वका रहेका छन् ।
यी सेयरहरू कम्पनीले २०७९ असार ८ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेपछि धितोपत्र बोर्डको नियम अनुसार तीन वर्षे लकइन अवधिमा राखिएको थियो ।
लकइन अवधि सकिएसँगै अब संस्थापक सेयरधनीहरूले पनि नेप्सेमा सेयर बिक्री गर्न सक्ने भएका छन् । यद्यपि कम्पनीका उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूलाई भने अझै सेयर कारोबार गर्न रोक लगाइएको कम्पनीले जनाएको छ ।