·

MBL को नाफामा दोहोरो अंकको उछाल, EPS पनि उच्च

Author

NEPSE TRADING

MBL को नाफामा दोहोरो अंकको उछाल, EPS पनि उच्च

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय प्रदर्शनमा उल्लेखनीय सफलता हासिल गरेको छ। बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो।

बैंकको नाफा वृद्धिमा मुख्यतः खुद ब्याज आम्दानीको १५.४१% वृद्धि, फि तथा कमिशन आम्दानीको १८.१६% बृद्धि, र सञ्चालन आम्दानीमा १६.५१% बृद्धिले योगदान दिएको छ। त्यसैगरी, इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित हुनुले सञ्चालन मुनाफा ९९.९१% ले उकालो लागेको हो।

बैंकको प्रतिशेयर आम्दानी (EPS) ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) १४.९९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा कायम रहेको छ।

११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकले १८ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै १४ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ, जसले भविष्यको विस्तारमा बल पुर्याउने अपेक्षा गरिएको छ।

Related News