·

भाटभटेनीमा आगजनी र लुटपाट, २१ शाखा प्रभावित

Author

NEPSE TRADING

भाटभटेनीमा आगजनी र लुटपाट, २१ शाखा प्रभावित

काठमाडौं – देशभर फैलिएको ‘जेन–जी’ आन्दोलनका क्रममा निजी क्षेत्रका ठूला उद्योग र स्टोर पनि आक्रमणको लक्ष्य बनेका छन्। काठमाडौँसहित देशभर सञ्चालनमा रहेका भाटभटेनी सुपरमार्केटका २१ शाखामा तोडफोड, लुटपाट र आगजनी भएको छ।

१२ शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। उपत्यकाभित्रका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारस्थित वेयरहाउससहित बाहिरका पोखरा, चितवन, हेटौंडा, विर्तामोड, दमक, विराटनगर र बारामा रहेका शाखा जलेर नष्ट भएका हुन्।

जनकपुर, बुटवल, धनगढी, इटहरी र भैरहवासहित नौ शाखामा भवनमा तोडफोड र इन्भेन्टरी लुटिएको छ। सामाजिक सञ्जालमा प्रदर्शनकारीहरूले सामान बोकेर लैजाने दृश्यहरू भाइरल भएका छन्। केही स्थानीयले रोके पनि भीड नियन्त्रण हुन सकेको थिएन।

भाटभटेनीका सात शाखा भने सुरक्षित छन्। टोखा, सातदोबाटो, अनामनगर, साँगाउँ, विदुर, पाटन कृष्णी र युनाइटेड वर्ल्ड ट्रेड सेन्टरस्थित आउटलेटमा कुनै क्षति भएको छैन। नेपालगञ्ज शाखा पनि सुरक्षित छ .

भाटभटेनीका २१ शाखा प्रभावित हुँदा त्यहाँ कार्यरत सयौँ कर्मचारी प्रभावित भएका छन्। खाद्यान्न, कपडा, जुत्ता, इलेक्ट्रोनिक्सदेखि बिलिङ मेसिनसम्म लुटिएको छ। कतिपय ठाउँमा लुटिएका सामान फिर्ता गर्ने अभियान समेत चलेको छ।

लुटपाट र आगजनीमा संलग्न केही व्यक्तिलाई सेना र स्थानीयवासीले नियन्त्रणमा लिएका छन्। तर कुल क्षतिको विवरण आउन अझै दुईदेखि चार हप्ता लाग्ने पौडेलले जनाए।

Related News