सुन–चाँदीको मूल्यमा ठूलो गिरावट, बजारमा पुनः दबाब
Author
NEPSE TRADING

सुनचाँदी बजार आज पुनः घट्नेतर्फ उन्मुख भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार (आज) सुन र चाँदी दुवैको मुल्यमा उल्लेख्य गिरावट आएको छ ।
आज सुनको मूल्य प्रतितोला ६९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८०० रुपैयाँ कायम गरिएको छ । पछिल्लो केही दिनयताको उतार–चढावसँगै सुनको मूल्य घट्दै गएको छ, जसले बजारमा अनिश्चितता थपिएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले घटेर ३ हजार १ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यसमायोजन र स्थानीय माग–आपूर्तिमा देखिएको सुस्तताको असर नेपालमा पनि परिरहेको छ ।
सुन–चाँदीको मूल्यमा निरन्तर उतार–चढाव भएपछि उपभोक्ता तथा लगानीकर्ता दुवै सतर्क बनेका छन्।



