सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा
Author
NEPSE TRADING

भदौ २७ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि भदौ २४ गते सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँ थियो। सो मूल्यको तुलनामा आज सुन प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो भने अघिल्लो दिनको तुलनामा १ हजार ६०० रुपैयाँले बढेको हो। यसैगरी, चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ। आज चाँदी तोलाको २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो रेकर्ड तोलाको २ हजार ५१५ रुपैयाँभन्दा ५० रुपैयाँ बढी हो। यसरी सुन र चाँदी दुवैको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेका छन्।