·

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

Author

NEPSE TRADING

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

पुस १८ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले बढ्दै ४ हजार ५२५ रुपैयाँ पुगेको छ, जुन बिहीबार ४ हजार ४१५ रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण मूल्यमा वृद्धि देखिएको हो।

Related News