फेरि नयाँ रेकर्ड कायम — सुनको भाउ तोलामा २ लाख ३८ हजार पुग्यो
Author
NEPSE TRADING

काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार पनि सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (बुधबार) प्रतितोला छापावाल सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । हिजो मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो ।
यो मूल्य हालसम्मकै उच्चतम विन्दु हो, जसले नेपाली बजारमा सुनको दरले निरन्तर बढ्दो प्रवृत्ति कायम राखेको देखाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सुनको मूल्यमा भइरहेको निरन्तर वृद्धि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको दर बढ्नु, अमेरिकी डलर सुदृढ हुनु र स्थानीय बजारमा आपूर्तिमा कमी हुनुजस्ता कारणहरूलाई प्रमुख कारणका रूपमा हेरिएको छ ।
#GoldPriceNepal #NepalGoldMarket #RecordHigh #GoldSilverRates #GoldPriceToday #NepalJewellersAssociation #NepalEconomy #BullionMarketNepal #GoldNewsNepal