·
नेपाली बजारमा सुनको मूल्य १६०० रुपैयाँले घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
Author
NEPSE TRADING

बुधबार, २०८२ साल जेठ १४ गते नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला १,९०,९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर १,८९,३०० रुपैयाँमा झरेको छ।
उता, चाँदीको मूल्य भने वृद्धि भएको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढेर हाल २,००५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार १,९९५ रुपैयाँ थियो।