·
नेपाली बजारमा दोश्रो दिन लगातार सुनको मूल्य घट्दा चाँदी सामान्य रूपमा बढ्यो
Author
NEPSE TRADING

साउन ९ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य सामान्य रुपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले घटेको हो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको छ, जुन बिहीबार २ हजार ३३५ रुपैयाँ थियो।