·

लगातार तीन दिनको गिरावटपछि आज सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी फेरि सस्तो

Author

NEPSE TRADING

लगातार तीन दिनको गिरावटपछि आज सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी फेरि सस्तो

नेपाली बजारमा लगातार तीन दिनसम्म कमी आएको सुनको मूल्य आज भने केही उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ।

यसअघिका तीन दिन—बिहीबार, शुक्रबार र आइतबार—सुनको मूल्य लगातार घटेको थियो। आइतबार मात्र प्रतितोला २०० रुपैयाँ, शुक्रबार ९०० रुपैयाँ र बिहीबार ८०० रुपैयाँले सुन सस्तो भएको थियो।

यसै क्रममा, असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च दर मानिन्छ।

सुनमा आज वृद्धि देखिए पनि चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले सस्तो भई ३,५८५ रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा सुन–चाँदीको भाउमा पछिल्ला दिनमा आएको उतार–चढावले अन्तर्राष्ट्रिय बाजारको प्रभाव तथा स्थानीय माग–आपूर्ति परिस्थितिको झल्को दिने विश्लेषकहरू बताउँछन्।

Related News