·
सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उच्च विन्दुमा
Author
NEPSE TRADING

भदौ २९ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य घटेर प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो शुक्रबारको तुलनामा यस दिन सुनको मूल्य ७०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, अघिल्लो शुक्रबार सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो।
त्यसैगरी, चाँदी भने निरन्तर नयाँ उचाइ कायम गर्दै आइतबार प्रतितोला दुई हजार ५७० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनभन्दा पाँच रुपैयाँले बढी हो, जसले चाँदीलाई हालसम्मकै उच्च विन्दुमा पुर्याएको छ।