·

अर्थतन्त्रको अघि बढाइका लागि निजी क्षेत्रको मनोबल बढाउँदैछ सरकार : अर्थमन्त्री पौडेल

Author

NEPSE trading

अर्थतन्त्रको अघि बढाइका लागि निजी क्षेत्रको मनोबल बढाउँदैछ सरकार : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार निजी क्षेत्रलाई वेवास्ता नगरी त्यसको मनोबल बढाउने दिशामा काम गरिरहेको बताएका छन्। शनिबार सिंहदरबारमा आयोजित पूर्व बजेट छलफलमा बोल्दै उनले अर्थतन्त्रमा ८० प्रतिशत हिस्सेदारी रहेको निजी क्षेत्रको मनोबल बिना देशको आर्थिक प्रगति सम्भव नहुने स्पष्ट पारे।

उनले भने, "सरकारलाई राम्रोसँग थाहा छ – निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन। त्यसैले सरकारले निजी क्षेत्रसँग जीवन्त सहकार्य गर्दै आएको छ। दशकौँदेखि सम्बोधन हुन नसकेका मुद्धालाई अध्यादेशमार्फत समाधान गरिएको छ।"

अर्थमन्त्री पौडेलले समाजवादबारे समेत टिप्पणी गरे। उनले भने, “नेपालमा अहिले समाजवाद छैन, र चाँडै आउँछ भन्ने पनि छैन। समाजवादको मार्ग आर्थिक समृद्धिबाट सुरु हुन्छ। त्यसका लागि आम नागरिकको समान पहुँच र विभेदको अन्त्य अनिवार्य छ।”

उनको भनाइ अनुसार, आगामी बजेटमा पनि निजी क्षेत्रमैत्री नीति अवलम्बन गरिने र त्यसमार्फत आर्थिक स्थायित्व तथा समृद्धिको बाटो खोलिने छ।

Related News