वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माण अघि बढाइने, निजी क्षेत्रलाई सहजीकरण गर्ने सरकारको घोषणा
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार निर्माण कार्य आगामी आर्थिक वर्ष २०८२/०८३ मा अघि बढाउने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथसम्म सहज र सुरक्षित यातायात प्रवाह सुनिश्चित गर्न केबलकार निर्माणमा सरकार सहजीकरण भूमिका खेल्ने जानकारी दिएका हुन्।
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा परियोजना अघि बढाउने नीति लिएको छ, जसले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ।
यो परियोजना सञ्चालनमा आएपछि मुक्तिनाथ यात्रा थप सहज, सुरक्षित र पर्यटकमैत्री हुने सरकारको विश्वास छ।