आगामी आर्थिक वर्षमा राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने सरकारको घोषणा
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र अर्थतन्त्रसँग सम्बन्धित तथ्यांक संकलन गर्ने उद्देश्यले आर्थिक गणना सम्पन्न गरिने जानकारी दिएका हुन्।
सरकारको भनाइमा, यस गणनाले आर्थिक क्षेत्रहरूको वास्तविक अवस्था, रोजगार, उत्पादनशीलता, लगानी, व्यापार र उद्यमको संख्यालगायतका विस्तृत जानकारीहरू संकलन गर्न सहयोग गर्नेछ।
आर्थिक गणनाबाट प्राप्त तथ्यांकले नीतिनिर्माण, योजनावद्ध विकास, स्रोत विनियोजन र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारी निर्णय लिन आधार प्रदान गर्ने सरकारको विश्वास छ।