·

“हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक

Author

NEPSE TRADING

“हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक

नेपालका सेयर लगानीकर्ताहरूले “हिँड काठमाडौं संघर्ष अभियान” अन्तर्गत नेपाल धितोपत्र बोर्ड (SEBON) परिसरमा विरोध प्रदर्शन गर्न लागेका छन्। उनीहरूले पूँजीबजारको सुधार, विस्तार र स्तरोन्नतिको माग गर्दै २८ बुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन्।

अभियानका संयोजक दिपेन्द्र अग्रवालले जारी गरेको विज्ञप्तिअनुसार लगानीकर्ताहरूका मुख्य मागहरूमा यी विषयहरू छन्—

  • धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सुधारका नीति र कार्यक्रम कार्यान्वयन गर्न नसके राजीनामा दिनुपर्ने।

  • एनआरएन (Non-Resident Nepalis) लाई दोस्रो बजारमा फ्री इन्ट्री र फ्री एक्जिट सुविधा प्रदान गर्दै समान कर नीति लागू गर्नुपर्ने।

  • सेयर बिक्रीपछि भुक्तानीमा ढिलाइ भएमा ब्रोकरबाट ब्याज असुल गर्न पाउने अधिकार दिनुपर्ने।

  • बैंकहरूलाई कुल कर्जाको २०% सम्म सेयर धितो ऋण प्रवाह गर्न अनुमति दिनुपर्ने।

  • ब्रोकर कमिशनमा ५०% कटौती र अन्य शुल्क पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने।

  • पूँजीगत लाभकर छोटो अवधिका लागि ५% र दीर्घकालीन लगानीका लागि ०% कायम गर्नुपर्ने।

  • बजार समय बेलुकी ५ देखि ९ बजेसम्म सार्नुपर्ने।

  • Intraday trading, short selling, stock split र derivative market तुरुन्त कार्यान्वयन गर्नुपर्ने।

  • सेयर कारोबारमा रियल टाइम सेटलमेन्ट ल्याउनुपर्ने।

  • नयाँ ब्रोकर लाइसेन्स प्रत्येक ३ वर्षमा थप गर्नुपर्ने र लगानीकर्ताको पहुँच सहज बनाउनुपर्ने।

  • IPO प्रक्रियामा हुने अनियमितता र भ्रष्टाचार अन्त्य गर्नुपर्ने।

  • कम्पनीको बजार मूल्य नेटवर्थभन्दा कम भएमा buyback को प्रावधान ल्याउनुपर्ने।

  • Online KYC, floater index, र single ISIN code व्यवस्था तुरुन्त लागू गर्नुपर्ने।

  • Mutual Fund आरक्षण हटाई विद्यार्थीहरूलाई सुविधा दिनुपर्ने।

  • बजारमा १०% वृद्धि र ५% घट्दा सर्किट ब्रेकर लागू गर्नुपर्ने।

अभियानका आयोजकहरूका अनुसार, यो आन्दोलन पूँजीबजारमा “न्यायसंगत पहुँच, पारदर्शिता, र लगानी सुरक्षाको” मागका लागि हो। उनीहरूका भनाइमा, “लगानीकर्ताको आवाजलाई राज्यले सुन्नुपर्ने र सुधार कार्यान्वयन नगरेसम्म आन्दोलन जारी रहने” छ।

कार्तिक १४ गते, लगानीकर्ताहरू धितोपत्र बोर्ड परिसरमा जम्मा भएर आफ्ना मागहरू औपचारिक रूपमा प्रस्तुत गर्नेछन्।
“हिँड काठमाडौं” अभियानले देशभरका लगानीकर्तालाई एकजुट हुन आह्वान गरेको छ र सेयर बजारलाई “न्यायसंगत र पारदर्शी” बनाउने दृढता व्यक्त गरेको छ।

Related News