हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ निष्काशन प्रक्रिया सुरु
Author
Nepse trading

हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्दैछ।
कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत शेयर अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर स्थानीय बासिन्दाका लागि उपलब्ध गराइने छ। ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दा यस आईपीओमा आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि ९३ हजार २५० कित्ता शेयर छुट्याइएको छ। आईपीओको न्यूनतम आवेदन १० कित्ताका लागि र अधिकतम १० हजार कित्ताका लागि गर्न सकिनेछ।
स्थानिय बासिन्दाका लागि आवेदन अवधि असार १३ देखि असार २९ सम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार १३ सम्म आवेदन दिनुपर्नेछ।
कम्पनीको रेटिङ्गमा इक्रा नेपालले "डबल बी माइनस" रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिममा रहेको संकेत गर्दछ। कम्पनीको ५ मेगावाटको जलविद्युत आयोजना, बुकु कापटी खोला जलविद्युत परियोजनाको कुल लागत १ अर्ब २३ करोड रहेको छ।
शेयर निष्काशन र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरूले सिटिजन्स बैंक र अन्य तोकिएका स्थानहरूबाट आवेदन दिन सक्नेछन्, जबकि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।