·

Himalayan Bank’s Profit Rises by 22.15%

Author

NEPSE TRADING

Himalayan Bank’s Profit Rises by 22.15%

हिमालयन बैंक लिमिटेड (HBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.१५ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्ष १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेपनि इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको कारण मुनाफामा सुधार भएको हो।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ६०.९८ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशतले कम भएको छ। यद्यपि, इम्पेरमेन्ट चार्जको ठूलो कमीका कारण सञ्चालन मुनाफा ८८.४१ प्रतिशतले बढेको हो।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

तर, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) ३३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।

Related News