·
हिमालयन लघुवित्तले ७ प्रतिशत लाभांश प्रस्ताव गर्यो
Author
NEPSE TRADING

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। संस्थाले हाल कायम चुक्ता पूँजीमा ७ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो, जसअन्तर्गत ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश रहेको छ, जसले कर प्रयोजन पूरा गर्नेछ।
लाभांश सम्बन्धी प्रस्ताव मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकबाट पारित भएको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सो लाभांश शेयरधनीलाई वितरण गरिनेछ।


