प्रतिनिधिसभाको बैठक सुरु, विपक्षी दलको विरोधबीच आर्थिक सर्वेक्षण पेश
Author
NEPSE trading

प्रतिनिधिसभाको बैठक बिहीबार साढे १:३० बजेका लागि बोलाइएको भए पनि केही ढिलोगरी सुरु भएको छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएका छन्।
विरोधका बीच सभामुखले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। बोल्दै पाण्डेले वर्तमान राजनीतिक परिस्थिति र असहमतिकाबीच पनि आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिनुपर्ने बताएका छन्।
उनको भनाइपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक सर्वेक्षण पेश गरेका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्ने प्रक्रिया सुरु भइसकेको छ।
बैठकमा विरोध जनाइरहेका सांसदहरू शान्त भएपछिमात्र सभाको औपचारिक कार्यसूची अघि बढाइएको थियो।