·

चालु आर्थिक वर्ष ८१/८२ को ११ महिनामा वीरगञ्ज नाकाबाट: १५ अर्ब ३८ करोड राजस्व सङ्कलन

Author

Nepse Trading

चालु आर्थिक वर्ष ८१/८२ को ११ महिनामा वीरगञ्ज नाकाबाट: १५ अर्ब ३८ करोड राजस्व सङ्कलन

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वीरगञ्ज नाकाबाट १५ अर्ब ९२ करोड रुपैयाँ बराबरका इन्धनबाट चल्ने साना तथा ठूला सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार ५९ हजार ४७४ वटा सवारीसाधन भित्रिँदा करिब १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ।

त्यसमध्ये, अन एसेम्बल्ड मोटरसाइकल मात्रै ४४ हजार ४४० वटा भित्रिएको छ जसको मूल्य ५ अर्ब ७८ करोड र राजस्व ५ अर्ब ५१ करोड रहेको छ। यस्तै, बस तथा ट्रक चेसिस १,३०७ वटा (२ अर्ब ६३ करोड), जिप/कार/भ्यान ८३९ वटा (१ अर्ब ८० करोड), ट्र्याक्टर तथा ट्रिलर ५,२२० वटा (१ अर्ब १६ करोड), बस ३७४ वटा (१ अर्ब २ करोड), कङ्क्रिट लहरी १३१ वटा (६७ करोड), ट्रक/मिनीट्रक २७६ वटा (६६ करोड) भित्रिएका छन्।

त्यस्तै, ४,१६० वटा तयारी मोटरसाइकल (३९ करोड) र २,३८५ वटा विद्युतीय सवारीसाधन (१ अर्ब ८४ करोड) समेत आयात भएका छन्। कुल सवारीसाधन तथा तिनका पार्टपुर्जा आयातबाट भन्सारले १७ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

Related News