जेन–जी आन्दोलनको क्षतिमा बीमा कम्पनीद्वारा ५ अर्ब ४८ करोड रुपैयाँ दाबी भुक्तानी
Author
NEPSE TRADING

काठमाडौँ । बीमा कम्पनीहरूले जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत बीमितहरूलाई हालसम्म करिब पाँच अर्ब ४८ करोड २५ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा कुल तीन हजार ३१६ ओटा दाबी परेका थिए, जसको कुल दाबी रकम करिब २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अद्यावधिक तथ्याङ्कअनुसार सम्पत्ति बीमातर्फ ७१२ ओटा दाबीमध्ये करिब तीन अर्ब ९३ करोड ५९ लाख, मोटर बीमातर्फ दुई हजार ३२१ ओटा दाबीमध्ये करिब एक अर्ब ३९ करोड २५ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ करिब आठ करोड ३६ लाख, परिवहन बीमातर्फ करिब एक करोड ५५ लाख र अन्य बीमातर्फ करिब पाँच करोड रुपैयाँ अग्रिमसहित भुक्तानी भइसकेको छ। यसैबीच, नेपाल पुनर्बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीहरूलाई करिब तीन अर्ब दुई करोड रुपैयाँ अग्रिमसहित पुनर्बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ।


