कलश स्टक मार्केटद्वारा निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न
Author
Marketminds Investment Group

बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं. ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरूका लागि निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम २०८२ साल पुस ५ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा आयोजना गरिएको थियो।
कार्यक्रममा शेयर बजार विश्लेषक अजित खनाल ले स्रोत व्यक्तिका रूपमा सहभागी लगानीकर्ताहरूलाई शेयर बजारका प्रमुख प्राविधिक पक्षहरूबारे प्रशिक्षण दिएका थिए। तालिममा उल्लेख्य संख्यामा लगानीकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कम्पनीका प्रबन्ध सञ्चालक शालिकराम अधिकारी का अनुसार कलश स्टक मार्केटले समय–समयमा देशका विभिन्न स्थानमा तथा अनलाइन माध्यमबाट स्वदेश तथा विदेशमा रहेका लगानीकर्ताहरूलाई लक्षित गरी वित्तीय साक्षरता र शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको योजना रहेको उनले बताए।


