कामना सेवा विकास बैंकको वार्षिक वित्तीय विवरण सार्वजनिक, नाफामा सामान्य वृद्धि
Author
NEPSE TRADING

कामना सेवा विकास बैंक (KSBBL) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो विकास बैंक बनेको छ। बैंकले नयाँ आर्थिक वर्षको दोस्रो दिन (साउन २ गते) नै अघिल्लो वर्षको वित्तीय विवरण प्रकाशित गरेको हो। विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा सामान्य रूपमा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.१९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै नाफा पनि सामान्य रूपमा बढेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ। त्यस्तै, फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशतले बढेको छ भने सञ्चालन खर्च ४.१९ प्रतिशतले वृद्धि भएको छ। सञ्चालन मुनाफा भने १.९७ प्रतिशत मात्र बढेको हो।