KKHC खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै
Author
NEPSE TRADING

KKHC खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर (१:१ अनुपातमा) आगामी भदौ ३ गतेदेखि निष्कासन गर्ने भएको छ। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गर्नेछ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यस अनुसार असार २६ गतेसम्म कम्पनीको शेयरधनी रहेका व्यक्तिहरूले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार, आवेदन दिने अन्तिम मिति भदौ २३ गतेसम्म तोकिएको छ। यस अवधिमा इच्छुक शेयरधनीहरूले निर्धारित प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।