·

कुमारी बैंकको चौथो त्रैमासमा २ अर्ब ११ करोड नाफा, EPS Rs. 8.07 मा उक्लियो

Author

NepseTrading

कुमारी बैंकको चौथो त्रैमासमा २ अर्ब ११ करोड नाफा, EPS Rs. 8.07 मा उक्लियो

कुमारी बैंक लिमिटेडले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा विस्फोटक रूपमा ४५,८२९ प्रतिशतले बढेको देखिएको छ।

वित्तीय विवरणअनुसार, बैंकले हालै सम्पन्न आर्थिक वर्षमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको विवरणमा बैंकले केवल ४६ लाख रुपैयाँ नाफा कमाएको देखिएकोले प्रतिशत वृद्धि अत्यन्तै उच्च देखिएको हो।

तर, यथार्थमा अघिल्लो वर्ष (२०८०) को चौथो त्रैमाससम्म कुमारी बैंकले २ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको विवरण अघिल्लो वर्ष नै प्रकाशित गरिसकेको थियो। यसरी हाल देखिएको नाफा वृद्धिको तुलना पुरानो आधारमा भएकाले विवरणबीच विरोधाभास देखिन्छ।

यसको मुख्य कारण बैंकले ‘इम्पेरेमन्ट चार्ज’ मा संशोधन गरेको हो। अघिल्लो वर्षको विवरणमा इम्पेरेमन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ रहेकोमा यस वर्षको नयाँ विवरणमा त्यो आंकडा ६ अर्ब ८४ करोड रुपैयाँमा समायोजन गरिएको छ।

प्रतिशेयर आम्दानी (EPS) मा पनि यस्तै विरोधाभास देखिन्छ। हाल प्रकाशित विवरणमा EPS ८ रुपैयाँ ७ पैसा देखिएको छ, जुन अघिल्लो वर्षको २ पैसाको तुलनामा असाधारण वृद्धि हो। तर अघिल्लो वर्षकै विवरणमा EPS ८ रुपैयाँ ८० पैसा रहेको उल्लेख छ, जसले गर्दा तुलनात्मक रूपमा यो वर्ष EPS मा गिरावट देखिन्छ।

Related News