·

लक्ष्मी सनराइज बैंकको २५ औं साधारण सभा पुस १४ मा, १० प्रतिशत बोनस सेयर वितरण गर्ने

Author

NEPSE TRADING

लक्ष्मी सनराइज बैंकको २५ औं साधारण सभा पुस १४ मा,  १० प्रतिशत बोनस सेयर वितरण गर्ने

लक्ष्मी सनराइज बैंकले आगामी पुस १४ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सभा आयोजना हुने जानकारी दिएको हो। सभामा चालु आर्थिक वर्षको लाभांश पारितलगायतका नियमित एजेन्डा प्रस्तुत गरिने बैंकले जनाएको छ।

बैंकले विशेष प्रस्तावमार्फत हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। बोनस सेयर जारी गरेपछि आवश्यक पर्ने अनुसार अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा टेबुल गरिनेछ।

यससँगै, बोनस सेयर वितरणका क्रममा कर प्रयोजनका लागि आवश्यक रकम नगद लाभांश स्वरूप वितरण गर्ने निर्णय पनि साधारणसभाले अनुमोदन गर्ने जनाएको छ।

Related News