·

अपर हेवाखोला हाईड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त

Author

NEPSE TRADING

अपर हेवाखोला हाईड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त

काठमाडौं – अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त भएको छ। कम्पनीले जानकारी दिएको अनुसार संस्थापक, स्थानिय बासिन्दा तथा कर्मचारीलाई वितरण गरिएको सेयरहरूको खरिदबिक्रीमा लगाइएको प्रतिबन्ध आजबाट हटेको हो।

जसअन्तर्गत ३० लाख कित्ता संस्थापक सेयर, ५ लाख कित्ता स्थानिय बासिन्दालाई बाँडफाँड गरिएका सेयर तथा ३० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएका सेयरको लक-इन अवधि सकिएको हो।

यद्यपि, कम्पनीको सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूलाई भने हाललाई सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था यथावत् रहेको कम्पनीले स्पष्ट पारेको छ।

Related News