·

महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा पुस २१ मा

Author

NEPSE TRADING

महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा पुस २१ मा

महालक्ष्मी विकास बैंकले आगामी पुस २१ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ। सभामा आर्थिक वर्षसीधा सम्वन्धित एजेन्डाहरू टेबुल गरिनेछन्।

सभाले बैंकले अघि प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ, जसमा ५ प्रतिशत बोनस सेयर तथा ५.३७ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। यो लाभांश प्रस्ताव सञ्चालक समितिले यसअघि नै पारित गरिसकेको थियो।

बोनस सेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकाले सोही अनुरूप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। साथै, संशोधनका क्रममा नियामक निकायबाट सुझाव वा निर्देशन आएमा त्यहीअनुसार परिमार्जन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदनका लागि टेबुल गरिने बैंकले जनाएको छ।

Related News