·

मिड सोलु हाइड्रोपावरले १५% बोनस सेयर दिने, पुस २१ मा साधारण सभा

Author

NEPSE TRADING

मिड सोलु हाइड्रोपावरले १५% बोनस सेयर दिने, पुस २१ मा साधारण सभा

मिड सोलु हाइड्रोपावर लिमिटेड (MSHL) ले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २१ गते काठमाडौँको पुरानो बानेश्वरस्थित मानसरोबल पार्टी प्यालेसमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो १ बजे सुरू हुने छ।

कम्पनीले बोनस सेयरसाथै कर प्रयोजनका लागि ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि ल्याएको छ। साथै, प्रबन्धपत्र–नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक समूहबाट ५ जना सञ्चालक निर्वाचन, लेखापरीक्षक नियुक्ती, र संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने एजेन्डा पनि सभामा प्रस्तुत हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक–क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News