राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर लागू गर्ने निर्णय — असोज २६ गतेदेखि लागू हुने
Author
NEPSE TRADING

राष्ट्रिय सहकारी बैंक लिमिटेड (National Co-operative Bank Limited - NCBL) ले बचत तथा ऋणमा लाग्ने ब्याजदर परिवर्तन गरेको छ। बैंकले प्रकाशित सूचना अनुसार नयाँ ब्याजदर २०७९ साल असोज २६ गतेदेखि (अर्थात् २०८२/०६/२६) लागू हुने जनाएको छ।
यस बैंकले सदस्य संघ तथा सहकारी संस्थाहरूका लागि बचत खातादेखि विभिन्न ऋण योजनासम्मका ब्याजदर पुनः समायोजन गरेको हो।
बचत खातामा लाग्ने ब्याजदर:
साधारण बचत: १०%
विशेष बचत: १०%
सुपर बचत: ९% देखि ११% सम्म मौज्दातको आधारमा
एन.सि.वि.एल. समूह बचत खाता: ९% देखि ११% सम्म
एन.सि.वि.एल. प्रिमियम बचत खाता: १०%
अनिवार्य नियमान्त्रित बचत: ८.५%
कर्मिक बचत: ८% देखि ९% सम्म
मुद्दती निक्षेप: अवधिका आधारमा ९% देखि १०% सम्म
कर्जा योजनामा ब्याजदर:
कृषि तथा कृषि परियोजना कर्जा (आवधिक/चालू पूँजी): ५ वर्षसम्म ९.५%
व्यावसायिक आवधिक कर्जा: ५ वर्षसम्म ९.५५%
व्यावसायिक चालू पूँजी कर्जा: १ वर्षसम्म ९.७५%
इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्जा: ५ वर्षसम्म ९.७५%
लघु तथा गरीबी निवारण कर्जा: ५ वर्षसम्म ९.५५%
साना तथा मझौला उद्यम कर्जा: ५ वर्षसम्म ९.७५%
हायर पर्चेज कर्जा: ५ वर्षसम्म ९.९५%
पर्यटन प्रवर्धन कर्जा: ५ वर्षसम्म ९.७५%
तरलता व्यवस्थापन कर्जा: १ वर्षसम्म ९.९५%
महिला सशक्तिकरण कर्जा: ५ वर्षसम्म ९.५५%
एन.सि.वि.एल. सहकारी कर्जा: ५ वर्षसम्म ९.४५%
उज्यालो नेपाल कर्जा: ५ वर्षसम्म ९.५५%
दिवा/सबल सहकारी कर्जा: ५ वर्षसम्म ९.५५%
सदस्य सम्बन्ध कर्जा: १ वर्षसम्म ९%
मुद्दती निक्षेप कर्जा: थप २%