·
नेशनल लघुवित्त वित्तीय संस्थाद्वारा १५ प्रतिशत लाभांश घोषणा
Author
NEPSE TRADING

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयरका रूपमा वितरण गरिनेछ भने ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको छ। पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।



