·

नेप्सेमा ९ कम्पनीको शेयरमूल्य समायोजन

Author

NEPSE TRADING

नेप्सेमा ९ कम्पनीको शेयरमूल्य समायोजन

पुस १८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९ वटा कम्पनीको शेयरमूल्य समायोजन गरिएको छ। यस दिन स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त तथा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर को शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। अब आगामी आइतबारदेखि यी कम्पनीहरूको शेयर समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ।

Related News