नेप्से बजारमा बुधबारको वृद्धिको पछि बिहीबार करेक्सन, लगानीकर्तामा विश्वास कायम
Author
NEPSE trading

नेप्से बजार बुधबारको चर्को वृद्धिको पछि बिहीबार भने उक्त वृद्धि कायम राख्न सकेन। कारोबार अवधिभर सूचकमा उतार चढाव देखिएको थियो, जसले बजारमा अस्थिरता बढायो। आज नेप्से परिसूचक १२.०४ अंक घटेर २६६१.६४ विन्दुमा पुगेको छ।
बिहीबार ३१५ कम्पनीको तीन करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ, जुन बुधबारको तुलनामा १४.५२ प्रतिशत बढी हो। यस दिन ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाईड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र आइसीएफसी फाइनान्स रहेका छन्।
कारोबारमा आएका कम्पनीहरू मध्ये सिन्धु विकास बैंकको शेयर मूल्यमा सबै भन्दा ठूलो गिरावट देखिएको छ, जसको मूल्य ४.१५ प्रतिशतले घटेको हो। कारोबार रकमका हिसाबले शीर्ष स्थानमा ङादी ग्रुप पावर कम्पनी रहेको छ, जसको ७८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
समूहहरूको मूल्य सूचकको विश्लेषण गर्दा, फाइनान्स समूहमा सर्वाधिक ४.३० प्रतिशतको वृद्धि देखिएको छ। त्यसैगरी, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, र म्युचुएल फण्ड समूहका सूचक पनि बढेका छन्। अन्य समूहहरूमा भने गिरावट आएको छ।
बजारले केही दबावको सामना गरे पनि कारोबार रकममा वृद्धि देखिएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता र विश्वास बढेको संकेत गर्दछ। खासगरी, बजारमा करेक्सनका बाबजुत केही सकारात्मक संकेतहरू देखिन थालेका छन्। सेयर बजारका लगानीकर्ताहरूले गभर्नरको नियुक्तिमा भएको ढिलाइलाई गम्भीरताका साथ हेरिरहेका थिए। विशेष गरी, सेयर बजार र समग्र अर्थतन्त्रको पक्षमा गभर्नरको निर्णयको महत्त्वपूर्ण प्रभाव पर्न सक्ने भएकोले लगानीकर्ताले यसलाई एक प्रमुख चासोका साथ अनुगमन गरिरहेका छन्।
हालसम्म गभर्नर नियुक्त नभएको खबर छ। साथै, बैंक ब्याजदर सस्तो हुनु र प्रणालीमा बढी तरलता रहेको तथ्यले पनि सेयर बजारलाई सघाउने भूमिका खेलिरहेको छ। यसका अलावा, आगामी बजेटको तयारीका कारण सेयर बजारमा नयाँ आशा र सम्भावना देखिएका छन्।
प्राविधिक विश्लेषण:
आज नेप्से बजारमा बुलिश क्यान्डलको पछिको सानो करेक्सन देखिएको छ। करेक्सन पछि बजार मिडल ब्यान्ड र पिभोड एरिया आसपासको रेन्जमा स्थिर भएको देखिन्छ। यस समय बजार २०० दिनको मुभिङ एभरेज भन्दा माथि रहेको छ, जुन सकारात्मक संकेत हो। बजारमा हरेक दिन कारोबार रकम बढ्दै गएको छ, जुन लगानीकर्ताहरुको सक्रियता र विश्वासको इङ्गीत हो। लामो समयपछि फाइनान्स सेक्टरमा मुमेन्टम देखिन थालेको छ। यो सेक्टरका कम्पनीहरुको प्रदर्शनमा सुधार देखिने अपेक्षा गरिएको छ।
ब्रोकरको विश्लेषण:
आज कारोबारका आधारमा ठूला १० ब्रोकरमध्ये ४ ब्रोकरले तुलनात्मक रूपमा बढी सेल गरेका छन् भने ६ ब्रोकरले बढी बाई गरेका छन्। प्राय कारोबारको आधारमा अग्रस्थानमा रहने ब्रोकर नं. ५८ ले आजको बजारमा कुल १ अर्ब १८ करोडको शेयर खरिद बिक्री गरेको छ। उसले ६७ करोड ६३ लाखको सेयर खरिद गर्दा ५० करोड ५७ लाखको शेयर विक्री गरेको छ। उसका बाई-सेल अनुपात १.३३७ रहेको छ। दोस्रो स्थानमा रहेको ब्रोकर नं. ४२ ले ३८ करोड ७८ लाखको बाई गर्दा ५९ करोड ५३ लाखको सेल गरेको छ। ४५ नं. को ब्रोकरले ४६ करोड ७१ लाखको बाई र ४७ करोड ३९ लाखको सेल गरेको छ।