नेप्सेको ४३औँ वार्षिक साधारण सभा पुस २९ गते, सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश प्रस्ताव
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ४३औँ वार्षिक साधारण सभामार्फत सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। नेप्सेले सार्वजनिक गरेको सूचनाअनुसार उक्त साधारण सभा पुस २९ गते, सोमबार काठमाडौंमा आयोजना हुनेछ।
सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा दिउँसो ११ बजे नेप्सेको कार्यालय, यु.एन.आई. शान्तिमार्ग, काठमाडौंमा बस्नेछ। सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नेप्सेको चुक्ता पुँजीको ८५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि पेश गरिनेछ। साथै आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने, पारिश्रमिक निर्धारण गर्ने तथा आवश्यक अन्य प्रस्तावहरूमाथि समेत छलफल हुने जनाइएको छ।
सेयर बजार सञ्चालन र व्यवस्थापनमा केन्द्रीय भूमिका निर्वाह गर्दै आएको नेप्सेले प्रस्ताव गरेको यो आकर्षक लाभांशले सेयरधनीहरूमा सकारात्मक उत्साह थप्ने अपेक्षा गरिएको छ।



