·

नेप्से ओरालो, कारोबार रकम पनि घट्यो

Author

NEPSE TRADING

नेप्से ओरालो, कारोबार रकम पनि घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो दबाबमा परेको छ। अघिल्लो दिन सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेर बन्द भएको छ। बजारको समग्र अवस्था झल्काउने सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ। बजारमा समग्र रुपमा सतर्कता देखिए पनि केही कम्पनीका सेयरमा भने उत्साह देखिएको छ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य १३४ रुपैयाँ ६० पैसा बढेर १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको सेयर ९ प्रतिशतभन्दा बढी र हिम स्टार ऊर्जा कम्पनीको सेयर ८ प्रतिशतभन्दा बढीले बढेको छ। यद्यपि, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदा सो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये एक उपसमूह मात्र बढ्दा १२ उपसमूह घटेका छन्, जसमा व्यापार उपसमूह १.०९ प्रतिशतले सर्वाधिक घटेको छ।

Related News