NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. New Circular: These Microfinance Institutions Stand to Benefit
    नयाँ सर्कुलर: यी लघुवित्तलाई हुने छ ठुलो फाइदा
    Investor
    2 min read
    Updated on August 24, 2025
    NEPSE TRADING

    नयाँ सर्कुलर: यी लघुवित्तलाई हुने छ ठुलो फाइदा New Circular: These Microfinance Institutions Stand to Benefit

    नेपालका प्रमुख लघुवित्त वित्तीय संस्थाहरूले हालै प्रकाशित वित्तीय विवरणअनुसार पुँजीकोष अनुपात मजबुत राख्न सफल भएका छन् भने निष्क्रिय कर्जा (NPL) समेत नियामक निकायले तोकेको सीमा भित्रै राखेका छन् । कूल पाँच वटा प्रमुख लघुवित्त—सानकिसान (SKBBL), फर्स्ट माइक्रोफाइनान्स (FMDBL), आरएसडीसी (RSDC), छिमेक (CBBL) र मिथिला (MLBBL)—ले १२ प्रतिशतभन्दा बढी पुँजीकोष अनुपात र ५ प्रतिशतभन्दा कम NPL कायम गर्न सफल भएका छन् । यसले यी संस्थाहरूको वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापन दुवै मजबुत रहेको संकेत गर्दछ।

    सानकिसान लघुवित्त (SKBBL) ले १५.७५ प्रतिशत पुँजीकोष अनुपात कायम राखेको छ भने NPL २.६५ प्रतिशतमा सीमित छ। यस संस्थाको डिभिडेन्ड पर शेयर (DPPS) ४२.६७ प्रतिशत रहेको छ, जसले लगानीकर्तालाई आकर्षक प्रतिफल दिएको छ। कृषि क्षेत्रमा केन्द्रित कर्जा प्रवाह र समयमै भुक्तानी सुनिश्चित गर्ने रणनीतिले यसको मजबुत प्रदर्शनलाई सहयोग गरेको विश्लेषकहरूको भनाइ छ।

    फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक (FMDBL) ले सबैभन्दा उच्च २५.४४ प्रतिशत पुँजीकोष अनुपात देखाएको छ। यसको NPL ०.५७ प्रतिशत मात्र रहेको छ, जुन अत्यन्तै न्यून हो। DPPS भने ८.०२ प्रतिशतमा सीमित भए पनि संस्थाको सुदृढ पूँजी संरचना र जोखिम न्यूनीकरण क्षमताले यसलाई दीर्घकालीन हिसाबले सुरक्षित संस्थाको रूपमा प्रस्तुत गरेको छ।

    आरएसडीसी लघुवित्त (RSDC) ले १७.८२ प्रतिशत पुँजीकोष अनुपात र ३.३ प्रतिशत NPL कायम राखेको छ। यसको DPPS ७.९८ प्रतिशत भए पनि मजबुत पूँजी संरचनाले यसलाई प्रतिस्पर्धात्मक क्षेत्रमा स्थिर बनाउन मद्दत गरेको छ।

    छिमेक लघुवित्त (CBBL) लगानीकर्ताका लागि अझ आकर्षक देखिएको छ। यसले १७.१४ प्रतिशत पुँजीकोष अनुपात र २.५५ प्रतिशत NPL कायम राखेको छ। यस संस्थाको DPPS ६४.८४ प्रतिशत पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसले लगानीकर्तालाई उच्च लाभांश दिने क्षमता देखाएको छ भने वित्तीय स्थायित्व कायम राख्न पनि सफल भएको छ।

    मिथिला (MLBBL) भने १२.०७ प्रतिशत पुँजीकोष अनुपात र ४.६८ प्रतिशत NPL सहित न्यूनतम सीमा पार गरेर सूचीकृत भएको छ। अन्य संस्थासँग तुलना गर्दा यसको वित्तीय संकेतक न्यून भए पनि नियामक आवश्यकताभित्र बसेर स्थायित्व देखाएको छ।

    समग्रमा, यी लघुवित्त संस्थाहरूले नेपालको लघुवित्त क्षेत्रमा पुँजी पर्याप्तता र कर्जा असुली क्षमतामा आफ्नो मजबुत उपस्थिति देखाएका छन्। लगानीकर्ताले DPPS र स्थिरता सूचकलाई प्राथमिकताका साथ हेरिरहेका बेला छिमेक र सानकिसानजस्ता संस्थाहरू उच्च प्रतिफल दिने संस्थाका रूपमा उदाएका छन् भने फर्स्ट माइक्रोफाइनान्स जस्ता संस्थाहरू दीर्घकालीन सुरक्षाका लागि बलिया विकल्पका रूपमा स्थापित भइरहेका छन्

    Nepal’s leading microfinance financial institutions have recently published their financial statements, revealing strong capital adequacy ratios and well-managed non-performing loans (NPLs) within the limits set by the regulator. A total of five key microfinance companies—Sanakisan (SKBBL), First Microfinance (FMDBL), RSDC, Chhimek (CBBL), and Mithila (MLBBL)—have maintained capital adequacy above 12 percent and NPLs below 5 percent. This indicates both strong financial health and sound risk management.

    Sanakisan Microfinance (SKBBL) has maintained a capital adequacy ratio of 15.75 percent with NPLs at just 2.65 percent. Its Dividend per Share (DPPS) stands at an attractive 42.67 percent, rewarding investors with high returns. Analysts attribute its strong performance to its focus on agricultural lending and effective repayment mechanisms.

    First Microfinance Development Bank (FMDBL) has posted the highest capital adequacy ratio at 25.44 percent, with NPLs at just 0.57 percent—an exceptionally low figure. Although its DPPS is modest at 8.02 percent, the bank’s robust capital structure and strong risk mitigation strategies make it a safe long-term investment option.

    RSDC Microfinance (RSDC) reported a 17.82 percent capital adequacy ratio with NPLs of 3.3 percent. Its DPPS stands at 7.98 percent. While its dividend payout is relatively lower, its strong capital base supports stability in a competitive sector.

    Chhimek Microfinance (CBBL) appears the most attractive for investors. It maintains a 17.14 percent capital adequacy ratio and 2.55 percent NPLs, while offering a striking DPPS of 64.84 percent—the highest among its peers. This not only demonstrates its ability to deliver strong dividends but also highlights its capacity to remain financially stable.

    Mithila Microfinance (MLBBL) has just crossed the minimum regulatory threshold, maintaining a 12.07 percent capital adequacy ratio with 4.68 percent NPLs. Though its indicators are relatively weaker compared to others, it still demonstrates stability by remaining within regulatory compliance.

    Overall, these institutions showcase the growing resilience of Nepal’s microfinance sector, with strong capital adequacy and effective loan recovery. For investors, stability indicators and dividend capacity remain the key benchmarks. While institutions like Chhimek and Sanakisan are emerging as high-return options, banks like First Microfinance are positioning themselves as strong long-term players with secure fundamentals.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026