ङादी ग्रुप पावर लिमिटेडले ५% लाभांश प्रस्ताव, बुक–क्लोजर मङ्सिर १४ मा
Author
NEPSE TRADING

ङादी ग्रुप पावर लिमिटेड (NGPL)ले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँका आधारमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले १२औँ वार्षिक साधारण सभा (एजीएम) मङ्सिर २५ गते काठमाडौंस्थित स्मार्ट दरबारमा बिहान ९:३० बजेबाट सञ्चालन गर्ने जनाएको छ। एजीएममा अडिट रिपोर्टसँगै नाफा–नोक्सानी विवरण, वित्तीय विवरणहरू, नगद प्रवाह विवरण अनुमोदन गर्ने र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने एजेन्डा राखिएको छ।
यसैगरी, लाभांश वितरणका लागि कम्पनीले मङ्सिर १४ गतेलाई बुक–क्लोजर मिति तोकेको छ। सो मितिभन्दा अघि सेयर किन्ने लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्ने पात्र हुनेछन्। प्रस्तावित लाभांश विद्युत नियमन आयोगको अनुमोदन र एजीएमको अन्तिम स्वीकृति पछि मात्र वितरण हुनेछ।
कम्पनीले हाल संचालनमा रहेका परियोजनाको वित्तीय प्रगति र आगामी योजनाबारे पनि एजीएममा जानकारी दिने अपेक्षा गरिएको छ।



