·

एनएलजी इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा, शेयर अभौतिकीकरण गर्न अत्यावश्यक सूचना जारी

Author

NEPSE trading

एनएलजी इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा, शेयर अभौतिकीकरण गर्न अत्यावश्यक सूचना जारी

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई २.५० प्रतिशत बोनस शेयर सम्बन्धित हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जानकारी गराउँदै, हालसम्म पनि शेयर अभौतिकीकरण नगर्ने शेयरधनीहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ। कम्पनीको मिति २०८२/०२/२९ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) मा सूचिकृत तथा दर्ता भई अभौतिक (डिम्याट) रूपमा कारोबार हुने व्यवस्था भइसकेको छ।

कम्पनीले मिति २०८२/०२/२१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकेको जानकारी दिएको छ। सो मिति पश्चात् अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा पनि क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा, हालसम्म पनि भौतिक रूपमा शेयर राखेका शेयरधनीहरूले तत्काल आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर समेत हितग्राही खातामार्फत प्राप्त गर्न सक्ने व्यहोरा कम्पनीले जनाएको छ।

यसैगरी, मिति २०८२/०२/२१ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा, बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का (Freeze) जनाई शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। यस अवस्थामा रहेका शेयरधनीहरूलाई कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी शेयर फुकुवा (Unfreeze) गर्न कम्पनीले अनुरोध गरेको छ।

पुनश्च, २०८२/०२/२१ पछि रोक्का राखिएका शेयरधनीहरूको बोनस शेयर भने शेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने भएकाले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त शेयरधनीहरूको शेयर रोक्कामा रहे वा नरहेको यकिन गरी, रोक्का राख्नुपर्ने भए बोनस शेयर समेत रोक्कामा राख्ने तर्फ आवश्यक पहलकदमी गर्न कम्पनीले यसै सूचनामार्फत अनुरोध गरेको छ। कम्पनीको शेयर रजिष्ट्रारको कार्य आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको छ।

Related News